कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,



वीरगंज । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतक उच्च रक्तचाप, मधुमेह र पारालाइसिस रोगबाट ग्रसित रहेका थिए । योसँगै पर्सामा मृत्यु हुनेको संख्या २ जना भारतीय सहित २६ पुगेको छ । साउन महिनामा मात्र पर्सामा २२ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

मकवानपुरको कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण

मनहरी। मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली

सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा