प्रहरीद्वारा गोंगबुमा भएको हत्या घटनाको आरोपी महिला सार्वजनिक



काठमाडौं । काठमाडौंको गोंगबुमा भएको हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याइ मंगलबार सार्वजनिक गरेको छ । हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना कल्पना मुडभरी (पौडेल) लाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । ती महिलाले नशालु पदार्थ दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् ।

उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएकी प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेको छ । घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने

सरकारसँगको वार्ता निष्कर्ष उन्मुख नरहेको भन्दै आन्दोलन सशक्त बनाउन शिक्षक महासंघको आह्वान

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चलिरहेको वार्ता निष्कर्ष उन्मुख नभएको बताएको छ