विवाहको वहाना गरी करणी तथा ठगी गर्ने पक्राउ



काठमाडौं । विवाह गर्छु भनि ललाई फकाई करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सिद्धलेख गाउँपालिका ७ घर भएका ३० वर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका ६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफू अविवाहित पुरुष भएको बताएका थिए ।

भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्विकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।

साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा राजन सम्पर्क विहिन भएका थिए । राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती

उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्युु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

आँधीखोलाको अस्तित्व सङ्कटमा

वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका