सरकार र ‘इनफ इज इनफ’ का अभियन्ता ईः बीच आठ बुँदे सम्झौता, २३ औं दिनमा तोडियो अनसन



काठमाडौँ । सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ औं दिनमा अनशन तोडेका छन् । आइतबार बिहान हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै उनले अनसन तोडेका हुन् ।

स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः लाई अस्पताल भर्ना गरिएको थियो । कोरोनाको प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए ।

सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए । तर यसअघिको सहमति कार्यान्वयन नभएको भन्दै उनी फेरि अनसनमा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।