कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ



मकवानपुर । कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका ७ का २५ वर्षीय कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

२१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी कारागार कार्यालय भिमफेदीमा कैद भुक्तान गरिरहेको अबस्थामा २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका धामी कंचनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका १६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई कारागार कार्यालय भिमफेदी पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम ।

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार

शुक्लाफाँटामा घट्यो दुर्लभ सुनौलो तोपचराको सङ्ख्या

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ ।