नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, मृत्यु हुनेमा एक चिनियाँ नागरिक



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुरका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । खोकी र स्वासप्रश्वासको समस्या भएका उनको नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

त्यसैगरी ४९ वर्षीया चिनियाँ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विरामी भएर पोखरास्थित मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उनलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना पोजेटिभ देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको