अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएपछि..



काठमाडौं । अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् । अपहरणमा परेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् । प्रहरीका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् ।

उनी पक्राउ परेपछि अपहरणको नाटक गरेको खुलेको छ र प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर ऋण लिएको रकम फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको पाइएको प्रहरीले बताएको छ । गलत सूचनाले प्रहरीलाई हैरानी र राज्यको स्रोत साधनको दुरुपयोग भएको भन्दै उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका