पहिरोले घर पुर्दा धादिङमा एकै परिवारका तीन जनाको मृत्यु



धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गुल्जुङमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।

आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि

बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्