सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार रहेका उनलाई बानेश्वरबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिए। थापाका अनुसार उनलाई बैंकिङ कसुर मुद्दा लागेपछि त्यतिखेर ०७० असार ४ गते पक्राउ परेका थिए।

उच्च अदालत पाटनको ०७० साउन ११ को आदेश अनुसार सिलवाल ३० लाख धरौटीमा तारेखमा छाडेको थियो।
तर, उनी म्याद गुज्रेर बसेकाले ०७३ असोज ४ गते फैसला अनुसार २ वर्ष कैद ३० लाख धरौटी जफत फैसला भएको थियो।

अदालतले ०७३ चैत २४ गते ३ वर्ष कैद र १ करोड जरिवानाको अन्तिम फैसला गरेकामा उनी फरार रहेकामा पक्राउ परेका हुन्।