अपहरणपछि भान्जाको हत्या गरी फरार रहेका अभियुक्त १३ वर्षपछि पक्राउ



काठमाडौं । भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई सार्वजनिक गरेको हो । महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत खिचाँपोखरी बस्ने रोहित गुप्तालाई अपहरण गरेका थिए ।

उनले रोहितका बुबा बासुदेव गुप्तासँग २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त नभएको र खोजतलासका क्रममा असोज २७ गते बालकको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा प्लाष्टिकको बोरामा पोको पारेको अवस्थामा फेला परेको महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

घटनामा बालकको सहोदर मामा गुप्ताले धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि उनलाई २०६४ मंसिर १२ गते नै पक्राउ गरेको र निज हाल कारागारमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र

श्रोत नखुलेको ४७ लाख नगदसहित मोरङबाट एक महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आलु र भाङको बजारीकरण गर्दै निसी गाउँपालिका

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा