अपहरणपछि भान्जाको हत्या गरी फरार रहेका अभियुक्त १३ वर्षपछि पक्राउ



काठमाडौं । भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई सार्वजनिक गरेको हो । महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत खिचाँपोखरी बस्ने रोहित गुप्तालाई अपहरण गरेका थिए ।

उनले रोहितका बुबा बासुदेव गुप्तासँग २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त नभएको र खोजतलासका क्रममा असोज २७ गते बालकको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा प्लाष्टिकको बोरामा पोको पारेको अवस्थामा फेला परेको महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

घटनामा बालकको सहोदर मामा गुप्ताले धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि उनलाई २०६४ मंसिर १२ गते नै पक्राउ गरेको र निज हाल कारागारमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालगंज ।  बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका

हेटौंडाबाट गैँडाको खागसहित एक जना पक्राउ

  मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई

धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान

दाङ । धान झुल्ने खेतमा यतिवेला लटरम्म कागती दाना पहेँलै भएका छन् ।