‘इनफ इज इनफ’ अभियानका युवा फेरि सत्याग्रहमा



काठमाडौं । आफूहरुसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले शनिबारदेखि पुनः सत्याग्रह सुरु गरेको छ । सहमति भएको लामो समय बित्दा पनि सरकारले कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै बाध्य भएर पुनः काठमाडौंको बसन्तपुरमा सत्याग्रह थालिएको अभियानले जनाएको छ ।

यसअघि असार २३ गते सरकार र युवाहरुको अभियान ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति भएको थियो । अहिले अभियन्ता इशान अधिकारी (इ) सत्याग्रहमा छन् । अधिकारीले दुई हप्ता बितिसक्दा पनि सरकार कोरोना नियन्त्रणका लागि इमान्दार नभएकाले अनसन सुरु गर्नुपरेको बताए । सहमति कार्यान्वयन नहुदा सरकारप्रतिको विश्वास नै कमजोर भएको उनले बताए ।

अभियानले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउनु पर्ने, नागरिकको जीवन रक्षा गर्नु पर्ने, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट हुनु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी

बाँकेमा झाडापखालाबाट एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा