व्यवहारमा शिष्टता कायम गर्न प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजको शुक्रबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सो क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरेका छन् । साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिएका छन् ।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति वोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने भन्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा देखिएका समस्याको समाधानकालागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीहरुले आफूमा भएका क्षमतालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । उनले समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरुले अस्पतालमा आउने विरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिए ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम प्रविधि र पद्धतिलाई अङगिकार गरी स्वस्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताइन् । नेपाल प्रहरी अस्पतालको एक मात्र उद्देश्य गुणस्तरीय उपचार सेवा प्रदान गर्ने रहेको बताउँदै अस्पताललाई सरकारी अस्पतालमध्येको उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा छोराले गरे बाबुको हत्या

रुकुम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट

पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि