करोडौं ठगी गरी फरार अभियुक्त भक्तपुरबाट पक्राउ



काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । झापाको दमकका २९ वर्षका चन्दन जिन्दललाई पक्राउ गरेको हो। झापा, बारा, पर्सा, सर्लाहीका बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी फरार रहेका उनलाई प्रहरीले भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

उनले २२ जना व्यक्तिबाट जम्मा सात करोड एकासी लाख बयालीस हजार रुपैयाँ बराबरको ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इनरुवा, धरान र दुहबीमा बाढीले १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई