घुस रकमसहित पक्राउ परेका प्रहरी र वकिलविरुद्ध मुद्दा दायर


काठमाडौं । घुस रकमसहित रंगेहात पक्राउ परेका कैलालीका प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले इन्स्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा असार ११ गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरीतको र करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियारले दाबी गरेको छ।