कास्कीको सराङकोट र हेम्जामा पहिरो घर बगाउँदा ४ जनाको मृत्यु



कास्की । कास्कीको सराङकोट र हेम्जामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखा १८ सराङकोटको गोठादीमा घरमाथीको सडक भत्किंदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा मणिपाल अस्पताल पुर्याइएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राती जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ ।

त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

गैँडा स्थानान्तरणको काम सकियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका