लमजुङको बेसीसहरमा पहिरोले घर पुुरिंदा तीन जनाको मृत्यु


लमजुङ । लमजुङको बेसीसहरमा पहिरोले घर पुुरिंदा तीन जनाको मृत्यु भएको छ । लमजुङको बेसीसहर नगरपालिका ७, सातबिसेमा बिहीबार राति घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दीपक तामाङ, बिमाया तामाङ र छेवाङ तामाङको मृत्यु भएको हो । घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।