दुई करोड २५ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा इन्जिनियरविरुद्द मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जनको अभियोगमा सडक विभागका इञ्जिनियर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि एक सय पाँच वटा नक्कली कोटेशन बनाई पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।