हतियारधारी समूहले काभ्रेको रोशीबाट लाखौँको बुद्धचित्तको माला लुट्यो



बनेपा । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समुहले लाखौँको बुद्धचित्त माला लुटपाट गरेको छ । बिहीबार राति ५०/६० जनाको समूहमा आएको अतियारधारी समूहले स्थानीय बीरबहादुर तामाङको लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।

राति दश बजेतिर आएको समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिएका छन् । हातहतियार सहित आएका उनीहरुले हवाइफायर समेत गरेको स्थानीयले बताएका छन् ।

लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा ४ जना स्थानीय घाइते भएका छन् ।

उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बुद्धचित्त माला बहुमूल्य मालाको रुपमा परिचित छ । यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरुले नै उक्त माला बेच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो बर्षपनि उक्त रुखमा विवाद भएको थियो ।

मालाधनीले व्यापारी मानबहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई ९० लाख रुपैयाँ बिक्री गरेका थिए । उनीहरुले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै

कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

सभा जुलुस जस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा जुलुस

दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको