युएईबाट फर्किएका महिलामाथि सुरक्षाकर्मीको दुव्र्यवहारः मरे फालिदिने चेतावनी (भिडियोसहित)



काठमाडौं । कोरोना भाइरसको महामारीले समस्यामा परेका नेपालीलाई सरकारले उद्दार गर्न थालेको छ । त्यसैक्रममा शुक्रबार दुबईबाट पनि नेपालीलाई सरकारले ल्याएको छ । त्यसमा १४ जना गर्भवती महिला पनि आएका थिए । काठमाडौं उत्रिएपछि ६ घण्टाजति कलंकीमा होल्डिङ सेन्टरमा राखिएको थियो ।

तर उनीहरुले दुई दिनदेखि खाना र पानीसमेत नदिएको गुनासो गरेका छन् । आफूहरु दुबईमै कोरोना परीक्षण गरेर आएको तर आफूलाई सरकारी अधिकारीहरुले नै दुव्र्यवहार गरेको गुनासो गरेका छन् ।

उनीहरुले भने,‘हामीहरुले यसरी कहाँ हुन्छ सर गाह्रो भयो भन्दा मरे फालिदिन्छौं भने, देशमा फर्किएपछि यस्तो दुव्र्यवहार गरियो । होटलमा पैसा तिरेरसम्म खान दिएका छैनन् । उद्दार गरेका यही हो त सरकारले? ल्याएर आएपछि सुरक्षित तरिकाले घर पुर्याउनुपर्छ नि सरकारले ।’ उनीहरुले आफूहरुले प्रशासनमा यसबारेमा कुरा राख्दा कुनै सुनुवाई नहुने गुनासो गरेका छन् ।

भिडियो: दीपक शाह ठकुरीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना