धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भयौ आयौ काठैको बाकसमा…….



काठमाडौं । खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव काठमाडौ ल्याएको छ । शुक्रवार कतार एयरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो । कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र दुबईबाट आएको नेपाल एअरलाइन्सले शव ल्याएको छ । शव ल्याउँदा बिमानस्थलको दृश्य भावुक बनेको थियो । शव बुझ्न मृतकका आफन्त बिमानस्थल पुगेका थिए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुुुर्याउने गर्छ तर केहीलाई यो थाहा नहुँदा शव बहान ल्याएर बिमानस्थल पुगेका थिए ।

वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको छ । यस्तै शुक्रबारबाट कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव ल्याएको छ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।

विमानस्थलमा शव बुझ्न पुगेका मृतकका केही आफन्तले शवलाई गृहजिल्ला पुर्याउने तथा केहीले काठमाडौंमा दाहसंस्कार गर्ने बताएका छन् । लकडाउनका कारण शव ल्याउदा ढिलाई हुँदा थप कठिनाइ भएको उनीहरुले बताए ।
विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्याउने गर्दै आएको छ । अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्याइदिने बोर्डले जनाएको छ । यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली