दैलेखका २१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज
दैलेख । दैलेखमा २१ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपछि पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका डाक्टर जगत थापाले जानकारी दिएका छन् ।
कोरोनालाई जितेर घर फर्कनेमा सबै नारायण नगरपालिकाका छन् । उनीहरुलाई नारायण नगरपालिका वडा नम्बर एकका वडा अध्यक्षले दोसल्ला ओढाएर विदाई गरेका थिए । उनीहरू सबै भारतका विभिन्न सहरबाट आएका थिए ।