सरकार ‘ब्यूँझाउन’ बालुवाटारमा धर्नामा बसेका माथि प्रहरी हस्तक्षेप(फोटो फिचर)



काठमाडौं । सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले उनीहरुलाई लाठीचार्ज र पानीको फोहराले हानेको थियो । कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए ।

उनीहरुले सरकार ब्यूँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए । सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो । करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए ।

त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले प्रहार गरिएको थियो भने लाठीचार्ज गरिएको थियो। धर्नाका लागि पुगेकाहरले सरकार खोई, पीसीआर परीक्षण गर, १० अर्बको हिसाब चाहियो लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास