विदेशबाट आएको पहिलो टोलीलाई सेनाले विमानस्थलबाट यसरी गर्यो उद्दार



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरेको छ । बिदेशबाट उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार बिहान स्वदेश फकिएकाहरुलाई बसुन्धरामा राखिएको थियो । सरकारले बनाएको कार्यबिधी अनुसार नेपाली सेनाले बिमानस्थलबाट होल्डिङ सेन्टरसम्म ल्याएको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए । उनले होल्डिङ सेन्टरमा राखिएपछि सम्बन्धीत जिल्लामा पठाउनका लागि स्वासथ्य अवस्थाका बारेमा जानकारी लिने काम भएको बताए ।

म्यानमारबाट आएका नेपालीहरुले आफुहरुलाई सरकारले गरको व्यवस्थाबाट खुसी भएको बताए । बिभिन्न मुलुकबाट आएका नेपालीहरुलाई उनीहरुले स्थायी ठेगानाका आधारमा बिभिन्न स्थानमा निर्माण गरिएको होल्डीङ सेन्टरमा राख्ने गरि सरकारले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

फुङ्लिङ । सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका

मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी

चोरी तस्करी रोक्न पर्सामा ‘सीसी क्यामेरा’ जडान

पर्सा ।  चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न पर्साका विभिन्न आठ स्थानमा ‘सीसी