बीपी प्रतिष्ठानबाट १८ कोरोना संक्रमित निको भई डिस्चार्ज



सुनसरी । सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भई घर फर्केका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरेको हो ।

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए । डिस्चार्ज हुनेमा एक जना धरानकी महिला छन् भने बाँकी झापाका छन् । अब प्रतिष्ठानको आइसोलेसनमा ८० जना संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग बनाइने

मङ्गलबारे (इलाम) ।इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा । धार्चे गाउँपालिका-२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले