गण्डकी प्रदेशमा कोरोनासँगै डेंगु र स्क्रबटाइफसको महामारी
काठमाडौं । नवलपरासीको (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिकाका बर्ष २२ र ३६ का २ जना पुरुष र बिनयत्रिवेणी गाउँपालिकाका बर्ष १४ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनासँगै डेंगु र स्क्रबटाइफसका बिरामीको संख्या पनि बढ्न थालेको छ ।
म्याग्दीमा तीन जनामा स्क्रबटाइफसका बिरामी भेटिएका छन् भने कास्कीमा ५, म्याग्दीमा ९, नवलपरासीमा १, बागलुङमा एक गरी १६ जनामा डेंगुको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।