दाङको कोराना विशेष अस्पतालबाट थप आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज



तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोराना विशेष अस्पताल उपचाररत आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ औं दिनमा उनीहरु निको भई शुक्रबार डिस्चार्ज भएका हुन् ।

निको भएपछि उनीहरुलाई घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिएका छन् । डिस्चार्ज हुनेमा बाँकेको नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिकाका एक जना र दाङ गढवा गाउँपालिकाका एक जना छन् । उनीहरुलाई फूलका गुच्छा दिएर अस्पतलाले बिदाई गरेको थियो । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँ चितुवाको संख्या बढेसँगै दिगो व्यवस्थापनको चिन्ता

  कर्णाली । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक

आगलागीबाट अर्घाखाँचीमा ४३ र गुल्मीमा ६७ भन्दाबढी घरगोठ जलेर नष्ट, करोडौंको क्षति

गुल्मी ।  गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

नवलपरासी । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डढगाउँको परिचय

साल्पा सिलिचुङमा ‘सुम्निमा–पारुहाङ र नछुङ’ को प्रतिमा स्थापना

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)