पर्साका थप २१ कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज
वीरगंज । वीरगंजको गण्डक अस्पतालबाट गएराति २१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । वीरगन्जको नारायणी अस्पतालका चिकित्सको निगरानीमा संचालन भएको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेकाहरुको चार पटकसम्मको पीसीआर टेस्ट रिर्पोट नेगेटिभ आएपछि अवेर राति डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुने सबै पर्सा जिल्लाकै रहेका अस्पतालले जनाएको छ । बैशाख ३ गते देखि अस्पतालको आइसोलेसन वार्डमा भर्ना रहेका ५ महिलासहित १६ जना पुरुष डिस्चार्ज भएका हुन् । पर्सा जिल्लामा उपचारमा रहेका ९६ जना मध्ये ९१ जना उपचारपछि निको भइ घर फिर्ता भएका छन् भने ५ जना अझै गण्डक अस्पतालमा उपचाररत छन् ।