सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङको सदरमुकाम दिक्तेलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियारले मालपोत कार्यालय खोटाङका तत्कालीन प्रमुख यदुनाथ दाहालसमेत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

खोटाङको दिक्तेल गाउँपालिका वडा नम्बर ६ का कित्ता नम्बर १३७ र ८१५ को सरकारी सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्तिविशेषको नाममा पुर्यार्एको भन्दै नापी प्रमुख सियाकान्त चौधरी, तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहाल, मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत अधिकृत कटकबहादुर खत्री, मालपोत कार्यालय खोटाङका तत्कालीन नासु भीमबहादुर खत्री र मालपोत कार्यालय खोटाङका तत्कालीन खरिदार टेकबहादुर खड्काविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन्।

त्यस्तै खोटाङ जिल्ला साविक दिक्तेल गाविसका गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेशकुमार खिडहरी र मालपोत कार्यालय खोटाङका तत्कालीन नासु चन्द्रबहादुर कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूको कसूरअनुसार भन्दै ६३ हजारदेखि करीब पाँच लाख रूपैयाँसम्म बिगो कायम गरी व्यक्तिपिच्छे फरक(फरक दाबी लिएर मुद्दा दायर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

मलेखु (धादिङ)। धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ

सास्तीमा छन् निसेलढोरवासी

ढोरपाटन (बागलुङ) । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका

बचतकर्ताको ९४ करोड अपचलनको अभियोगमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका