काठमाडौं । सूर्य बहादुर थापा प्रतिष्ठानले धनकुटा जिल्ला विपत व्यवस्थापन समिति र धनकुटा उद्योग वाणिज्य महासंघमार्पmत धनकुटाका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुमा पीपीई कीट र अन्य उपचारका सामाग्री प्रदान गरेको छ । नेपालमा कोभिड १९ को महामारीले आक्रान्त रहेको बेला प्रतिष्ठानले रोटरी क्लब अफ काठमाडौं मिड–टाउनमार्फत ती सामग्री पठाएको हो ।
त्यसैगरी प्रतिष्ठानले धनकुटाबाट विभिन्न कामको सिलसिलामा काठमाडौं आई जीवनयापन गरिरहेका दैनिक ज्यालादारी गर्ने, विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बृद्धबृद्धाहरुप्रति सम्बेदनशील हुँदै दैनिक रुपमा आवश्यक वस्तुहरुको चामल, दाल, न्यूट्रेला, तेल, नुन, चीनीलगायतका खाद्यवस्तु प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुनीलबहादुर थापाले धनकुटा काठमाडौं सम्पर्क समाजलाई हस्तान्तरण गरेका हुन् ।






प्रतिक्रिया