तिमी
तिमी
कुर्लंदै छन् छिमेकमा,
तारकासुर, हिरन्य कश्यप ,
तृपुराशुर ….
र भाजपाशुरका गणहरु,
अनि मतियार बनेका छन,
उनिहरुले नै यता घुसाएका,
सुपर्नखा,
महिषाशुर भष्माशुर,
उपेन्द्राशुर आदि आदि।
जुर्मुराएका छन बैरी छिमेकी ,
हाम्रो बारी खोस्नलाई।
तर तिमी,
तिमी त हाम्रै रगत हौ।
बिबेकमा ताला लगएर,
कमिज मैलो भयो भन्दै,
टोपी च्यातियो भन्दै,
सुरुवाल फुकाली टाउको
छोप्दै
अनि कट्टु फुकाली छाति
छोप्दै,
नदौड छिमेकतिर बन्धु
उता महल होला, तर
मलम छैन,
सिसाको टोपी र मार्बलको
कमिज,
अनि सिस्नोको कट्टु लाँउदा ,
गर्व महशुस गर्ने,
खै तिम्रो बुद्धि ?
आऊ घरभित्र,
आमाले सन्दुसमा सम्हालेर
राखेकी पुरानो फरिया छ,
दिदीले लुकाएर राखेकी
सेतो पटुकी छ,
ढाकिन्छ तिम्रो लाज,
सिलाइन्छ तिम्रो नाना,
अनि खोले खाएर भएनी,
लडिन्छ बैरी सित ,
स्वाभिमानी भएर!
विश्व कार्की ।