३६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो



काठमाडौं । नेपालमा शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । बैतडीमा चार, झापामा एक, बाँकेमा २७, बर्दियामा एक र सुर्खेतमा तीन जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा कोराना संक्रमण ४० जिल्लामा फैलिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले पिसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडिटी विधिबाट ४ हजार १ सय १९ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आरडीटी विधिबाट १० हजार १ सय ६९, प्रदेश २ मा ६ हजार ३ सय ८, बागमती प्रदेशमा २१ हजार ७ सय १२, गण्डिकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश पाँचमा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सूदुरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ गरी ८६ हजार २ सय ३५परीक्षण गरिएको छ ।

 

 

संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्केका छन् । त्यस्तै कोरोना संक्रमण ४० जिल्लामा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना