१७ करोड ८३ लाख अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त कर्मचारीविरुद्ध मुद्दा दर्ता



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त शाखा अधिकृत ऋषिराम अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अयोगले बुधबार अर्यालविरुद्ध मुद्दा दायर गरेको हो । ३६ वर्ष सरकारी सेवा गरेर अधिकृतबाट अवकाश पाएका अर्यालले सेवा अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आर्जन गरेको पाइएको छ । गाविस सचिवका रूपमा ०३९ मा सेवा प्रवेश गरेर अधिकृत हुँदै अवकास ऋषिराम अर्यालले आफ्नो जागिरे अवधिमा यति धेरै रकम आर्जन गरेका हुन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, आयोगले गरेको अनुसन्धानका क्रममा उनले पद र अधिकार दुरूपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको फेला परेको छ । अर्यालले जागिरे अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आम्दानी गरेको भेटिएको छ । आयोगका अनुसार, यसमा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रूपैयाँको मात्र स्रोत खुलेको छ । बाँकी १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रूपैयाँको स्रोत खुलेको छैन ।

अर्यालसहित उनका छोरा, श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार, गैरकानुनी ढंगले आर्जित १७ करोड ८३ लाख ४१ हजार ५७९ रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाइयो

झापा। वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका

माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

फिक्कल (इलाम) । इलामको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन्

खार्मीका ३६ कृषकलाई आधुनिक मौरीका घार

खोटाङ । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति