रासेद अल्मुनाई एसोसिएसनद्वारा रक्तदान कार्यक्रम आयोजना


काठमाडौं । नेपाल सरकारले जारी गरेको लकडाउनको कारण आमसर्वसाधारणको जीवन मर्कामा परेको त छ नै, थप संकटमा परेका छन्, रगतको कमीले अस्पताल र ब्लड बैंकहरु । सोही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय सेवा दल अलुम्नाई एसोसिएसन काठमाडौ जिल्ला कार्यसमितिले आइतबार दुर्गाबक्स गण, चण्डीदल गण र काठमाडौ महानगरपालिका वडा नम्बर एकको सहयोगमा नेपाल रेड्क्रससंग समन्वय गरि नक्सालस्थित नन्दीकेशर बगैंचामा आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमममा ३४ पिन्ट रगत संकलन गरिएको थियो ।

कार्यक्रममा एसोसिएसनकी निर्देशक ज्योति थापाले पछिल्लो समय कोरोना संक्रमण अप्रत्यासित ढंगले बढेपछि रगतको अभाव हुनक्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले यस्तो अप्ठ्यारो अवस्थामा रक्तदान गर्न पनि आह्वान गरेकी छन् । कार्यक्रमस्थलमा सहभागीहरुलाई सुरुमा थर्मलगनमार्फत शरीरको तापक्रम मापन गरी, स्यानिटाइजर लगाई तथा त्यसपछि पन्जा लगाएर मात्रै प्रवेश गराइएको थियो ।

एनसिसी अलुम्नाई एसोसिएसन काठमाडौ जिल्ला कार्यसमिति निर्देशक ज्योति थापाको नेतृत्वमा खटिएको टोलीले लकडाउन सुरुभए पश्चात पहिल्लो चरणमा हातधुने अभियान, दोश्रो चरणमा काठमाडौका विभिन्न स्थानमा राहत वितरण गरेको थियो भने तेस्रो चरणमा रक्तदान कार्यक्रम संचालन गरेको हो ।