सुदूरपश्चिमका सबै कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज



धनगढी । कैलालीको धनगढीकी कोरोना संक्रमित महिला निको भई सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले जानकारी दिए ।

३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् ।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।