सिंहदरबारको मुख्य गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप


काठमाडौँ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा प्रहरीसहित केही घाइते भएका छन् ।

निषेधित क्षेत्रमा चिनियाँ नागरिक जुलुससहित आएपछि झडप भएको हो । उनीहरुले आफूहरुसँग खर्च नभएको र स्वदेश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।