लकडाउनमा समस्यामा परेकालाई निःशुल्क खाना खुवाउने तारकेश्वरका युवाहरुको उदाहरणीय काम



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ का युवाहरुले गरिब र असाय वडाबासीलाई १५ दिनदेखि निःशुल्क खाना खुवाइरहेका छन् । लकडाउनको समयमा समस्यामा परेका नागरिकलाई उनीहरुले निःशुल्क खानाको व्यवस्था गरेका हुन् । उनीहरुले धर्म विद्याश्रम आधारभूत विद्यालयको (महाङ्काल स्कुल) प्राङ्णमा खाना खुवाउने व्यवस्था मिलाएका छन् ।

पहिलो दिन ४० जनालाई खाना खुवाएका उनीहरुले त्यसपछि खाना खानेको संख्या बढेको सायर मर्दन बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले दिनमा एक सय भन्दा बढीलाई खाना खुवाउने गरिएको छ । उनीहरुले यस अभियानलाई स्थानीयले नगद तथा जिन्सी सामान दिएर सहयोग गरिरहेका छन् । यो अभियान लकडाउनभर संचालन गर्ने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन

१० वर्ष अमेरिकामा पढेर फर्किएपछि गाउँमै केराखेतीमा जमेका सुशील

म्याग्दी । मङ्गला गाउँपालिका-३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले

जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

ऐतिहासिक हरसिद्धी नाच

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच