पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण



हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र सञ्चार रजिष्टार रेवति सापकोटाको पनि उपस्थिति रहेको थियो ।

महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पुर्याइनेछ । पत्रकारहरुको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान राख्दै स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकोमा प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयप्रति आभार प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा