पशुपंछीलाई आहारा खुवाउन आफैं खटिए काठमाडौंका मेयर र उपमेयर, फोटोमा हेर्नुस्



काठमाडौँ । कोरोना भाइरसका कारण मुलुकलाई लकडाउन गरेसँगै उपत्यकाका छाडा चौपाया, बाँदर, परेवालगायतका चराचुरु चराचुरुङ्गी भोकै पर्न थालेपछि काठमाडौं महानगरपालिकाले आहाराको व्यवस्था गरेको छ । त्यसक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले शनिबार पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका क्षेत्रमा आफैं पुगेर आहारा खुवाएका छन् ।

मेयर, उपमेयरलगायतका टोलीले चौपाय तथा परेवालाई आफैंले आहारा खुवाएका थिए । मेयर शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको जानकारी दिए । उनले आइतबार बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिए । लकडाउनका कारण होटल रेष्टुरेन्टहरुसमेत बन्द भएका कारण छाडा चौपाया तथा पंक्षी भोकै रहनुपर्ने अवस्था सृजना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना