साहित्यकार डिपी भण्डारीको निधन



काठमाडौं । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारका क्रममा निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार निधन भएको परिवारले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रेजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित हुनुहुन्थ्यो । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नु हुन्थ्यो । उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिनुहुन्थ्यो ।

उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो । पुख्र्याैलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

चितवन ।  चितवनको सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका

रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता

ओझेलमा भक्तपुरका चारधाम

लक्ष्मी गारु, भक्तपुर ।  ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल