विमानस्थलमा सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। शेर्पा माघ ८ गते थाइ एयरलाइन्सबाट काठमाडौं आएका भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरेर अवैध रुपमा ल्याएको सुन विमानस्थलको प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा फाल्न लगाएकी थिइन्।

त्यसपछि उनले फालिएको १६८५ ग्राम सुन उपसचिव कर्ण तिमिल्सिनको कार्याकक्षमा रहेको सोफा पछाडि लुकाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। विदेशीले सुन ल्याएको सुचना पाएपछि खानतलासीमा शेर्पा खटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि