हेमोडायलासिस सुविधाका लागि महानगरले सेनालाई दियो डेढ करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीको हेमोडायलासिस सुविधाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ । छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा छुट्टै युनिट खडा गरेर स्थानीयलाई उक्त सुविधा दिन महानगरले एक करोड ५० लाख रुपैयाँ सेनालाई दिएको हो ।

नेपाली सेनासँग हेमोडायलासिसको सहकार्यको लागि वीरेन्द्र अस्पतालमा छुट्टै युनिट खोलिने र त्यसका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न उक्त रकम दिइएको हो ।

उक्त युनिटमा १२ वटा शैया हुनेछन् । सेनाले हेमोडायलासिसका लागि मेसिन तथा जनशक्ति तयार गर्न उक्त रकम प्रयोग गर्नेछ । महानगरबासीलाई सरकारले दिएको न्यूनतम शुल्कमा उक्त सुविधा उपलब्ध गराउन महानगरले सेनासँग ३ करोड दिने सम्झौता गरेको थियो ।

सोहीअनुसार आधा रकम हस्तान्तरण गरिएको हो । मेयर विद्यासुन्दर शाक्यले ५० प्रतिशत रकमबराबरको चेक सेनालाई हस्तान्तरण गरेका हुन् । उक्त युनिटमा मिर्गौलामा समस्या आएर जाने जो कोहीले हेमोडायलासिस गर्न पाउने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले महानगरलाई तिर्‍यो एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ

न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्

कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !

कसैले पनि राजा बन्छु म, भन्ने थिएन तिमीहरु राजा नबेको भए ! ‘चोर,