महानगरमा प्रयोग हुने चारपाङ्ग्रे सवारीका लागि इन्धन घटाउन शिफारिस



काठमाडौं । काठमाडौं महानगरमा प्रयोग भइरहेका सवारी साधन व्यवस्थापन, सुबिधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकता अध्ययन गर्न गठन भएको समितिले प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । यसका लागि मंसिर १७ गते बसेको महानगरको ३९ औं कार्यपालिका बैठकले वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो । महानगरका प्रयोग भइरहेका तथा आवश्यक पर्ने सवारी साधनको व्यवस्थापन र खरिद गर्नुपर्ने भए शिफारिस गर्ने शर्तका आधारमा समितिले काम गरेको थियो । समितिको सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ थिए । महानगरको यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य समितिको सदस्य सचिव थिए ।

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले भने— प्रतिवेदन कार्यपालिका बैठकमा छलफलका लागि प्रस्तुत गरिने बताउनुभयो । सुबिधा नलिनु पर्नेले सुबिधा पाएको र सुबिधा पाउनु पर्नेले नपाएको हुन सक्छ । सवारी साधनको प्रयोगले कार्यालयलार्य कति फाइदा पुग्यो । यो बिस्तृत रुपमा हेरिनुपर्छ ।

त्यस अवसरमा बोल्दै समितिका संयोजक एवं वडा १६ का अध्यक्ष रिजालले — वडा कार्यालयलाई ५ जनाभन्दा बढी व्यक्ति अट्न सक्ने वातावरणमैत्री सवारी खरिद गर्न शिफारिस गरिएको जानकारी दिए । महानगरका विभागीय प्रमुख एउटा बिभागबाट सरुवा भइ अर्को बिभागमा जाँदा सवारी पनि सँगै लिएर जाने गरेको देखिएको थियो । यसलाई व्यवस्थापन गर्न सवारी साधनका विभागको नाम लेख्ने, विभागीय प्रमुखले पाउँदै आएको १०० लिटर इन्धन सुबिधालाई घटाएर ८० लिटर बनाउनेलगायत शिफारिस गरिएको रिजालले जानकारी दिए । विभागीय प्रमुखको कार्यभार र उनीहरुले गर्नु पर्ने यात्रा बिश्लेषण गरेर यसप्रकारको शिफारिस गरिएको उनको भनाई थियो ।

समितिले गरेका शिफारिसहरुमा — यस अघि चारपाङ्ग्रे सवारीका लागि दिइँदै आएको ८० लिटर इन्धन सुबिधालाई ६० लिटर बनाउने, अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि १० लिटर इन्धन दिँइदै आएकोमा १५ लिटर बनाउने, सहायक स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि ७ लिटर इन्धन दिनेलगायत बुँदा छन् । छैटौं र सातौं तहका कर्मचारीलाई मोटरसाइकल सुबिधा दिने पनि समितिले शिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक