‘भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – फूल चोरी गर्ने हामीलाई सद्बुद्धि दिनुहोस्’


यसपालीको महाशिवरात्रीपर्वमा पशुपति परिसरलाई फूल र प्रकाशले सजाउने सोचियो । अनि तत्काल प्रश्न तेर्सियो – बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ ।

आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो – किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर । जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् । केहीसमयअघि तीनकुनेमा दुबो चोरेका हामीहरु झन फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?

फूलले त सजाउने तर शिवरात्री पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा जवाफ थियो – पहिले फूलको सौन्दर्यको आनन्द लिउँ । सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरमा किन मस्तिष्क खर्च गर्नु ?

अब थाहा भयो हाम्रा यी दुबै पीर त लिनै नपर्ने खालका रहेछन् ।

भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – हामीलाई सद्बुद्धि दिनुहोस् ।

डा. प्रदीप ढकाल, सदस्य सचिव, पशुपति क्षेत्र विकास कोष