त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने ‘पर्यटन परी’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन परी नामका दुईवटा रोवोटबाट सेवा शुरु गरिएको छ । बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले रोवोट सेवाको उद्घाटन गरेका छन् ।
कामलाई अझ सहज साथै सूचनामैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वोल्न सक्ने छन् । यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट त्रिभुवन विमानस्थल थप आधुनिक र प्रविधीमैत्री बन्न पुगेको छ ।