काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन



काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो ।

महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टीकृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सिसिटिभीलाई निगरानी गर्नका लागि समितिले काम गर्नेछ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथभित्र हुने ट्राफिक जामलाई अध्ययन गरी न्यूनीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने छ ।

महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व