सिन्धुलीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ गइरहेको लु८३त ६८९० नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए । घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा

इजरायलमा हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका

मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष

कसरी गर्ने पदयात्राको तयारी ?

रामबहादुर थापा, गण्डकी ।  पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न