जन्म दिनमा मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ बराबरको औषधि प्रदान



काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्यले आफ्नो जन्मदिन काठमाडौंको सामाखुसीस्थित मानव सेवा आश्रममा मनाएका छन् । आफ्नो ३१ औं जन्म दिनमा आचार्यले मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेका छन् । जन्मदिन मनाउन फजुल खर्च नगरी उनले मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् ।

त्यसक्रममा आचार्यले आश्रममा आश्रय लिएर बसिरहेका एक सय १० जनालाई खाना खुवाएका थिए भने नगद दश हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए । उनले आश्रमलाई आवश्यक पर्ने औषधि आगामी दिनमा तीन तीन महिनामा हस्तान्तरण गर्ने बताएका छन् ।

राजनीतिसँगै आचार्यले विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै असहायलाई सहयोग गर्दै आएका छन् । उनले जन्म दिनमा फजुल खर्च नगरी दीनदुःखीलाई सहयोग गर्न अरुलाई पनि प्रेरणा मिलोस् भनेर आफूले अभियान चलाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा

इजरायलमा हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका

मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष