साउना गएका दम्पतिको निसास्सिएर मृत्यु



काठमाडौं । साउना गएका एक दम्पतिको निसास्सिएर मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान श्रीमतीको बुधबार राति मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगर छन् । जिम सकेर दम्पत्ति साउना बाथ लिन गएको र ढिलोसम्म ढोका नखोलेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल पाटन अस्पताल ल्याइएकोमा अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।