सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण



काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्णकदको शालिक अनावरण गरिएको छ । १९९७ साल माघ १५ गते उनीहरुलाई प्राणदण्ड दिइएको शोभाभगवती बिष्णुमती नदी किनारामा महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले बुधबार शालिक अनावरण गरेका हुन् ।

वडा नम्बर १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ खर्च गरेर शालिक निर्माण गराएको हो । यस कार्यका लागि जगसहित करीब १८ लाख रुपैयाँ खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् । सहिदहरुले राष्ट्रका लागि गरेको योगदान सबैले सम्झिने भएकाले महानगरपालिकाले सहिद सप्ताहको अवसरमा शालिक निर्माण गरेको महानगर प्रमुख शाक्यले बताए ।

प्रमुख शाक्यले सहिद सप्ताहको अवसरमा सहिद गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता गरिएको पनि जानकारी दिए ।

सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन् ।

यसअघि वडा नम्बर ७ सिफलमा सहिद धर्मभक्त माथेको र गतबर्ष वडा नम्बर १२ स्थित टेकु पचलीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकिएको छ । यससँगै महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने चारै जना सहिदको पूर्णकदको शालिक प्रतिस्थापन गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना